शंकास्पद वस्तुको आशंका, भेटियो पूजा सामग्री 

जमुवार खोला पुलछेउमा मंगलबार बिहान भेटिएको भनिएको शंकास्पद वस्तु पूजा सामग्री राखिएको नरिवल रहेको पाइएको छ ।

भाद्र १७, २०८२

मनोज पौडेल

Suspicious object suspected, worship material found

कपिलवस्तु — यशोधरा गाउँपालिका वडा नं १, रंगपुरतिर जाने जमुवार खोला पुलछेउमा मंगलबार बिहान भेटिएको भनिएको शंकास्पद वस्तु पूजा सामग्री राखिएको नरिवल रहेको पाइएको छ । नरिवल, काइँयो, सुपारी, टीका र पूजासामग्री भेटिएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । 

रातो कपडाले बेरेर राखेका हुनाले स्थानीय त्रसित बनेका थिए । सेनाको बम डिस्पोजल टोलीले यान्त्रिक उपकरणले पहिचान गर्दा पूजासामग्री भेटिएको हो । पुलमाथि रातो कपडाले बेरिएको माटोको घैंटो जस्तो देखिने अवस्थामा रहेको शंकास्पद वस्तु बेवारिसे फेला परेको थियो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully