पटकपटक सूचना जारी गरेर संरचना हटाउन निर्देशन दिए पनि अटेरी गरेपछि घर, टहरा तथा पर्खाल भत्काइएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । अतिक्रमण गरेर बसेका २ वटा पक्की र १३ वटा कच्ची घर भत्काइएको हो ।
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै १५ वटा घर टहरामा डोजर लगाएको छ । वडा नम्बर २ स्थित हाटबजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको हो ।
पटकपटक सूचना जारी गरेर संरचना हटाउन निर्देशन दिए पनि अटेरी गरेपछि घर, टहरा तथा पर्खाल भत्काइएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । अतिक्रमण गरेर बसेका २ वटा पक्की र १३ वटा कच्ची घर भत्काइएको हो ।
वर्षौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउन कार्यपालिकाबाट निर्णय गरेर सूचना जारी भएको थियो । निर्धारित समयमा अतिक्रमण गरेर बसेकाहरु नहटेपछि नगरले डोजर चलाएको दाबी गरेको छ । डोजर चलाएको स्थानमा केही भूमिहीन पनि भएकाले नगरले उनीहरुको छानबिन गरेर उचित व्यवस्थापन गर्ने जनाइएको छ ।