प्रहरी र सेनाको टोली घटनास्थलमा सुरक्षा सतर्कता अपनाउँदै उपस्थित छन्, बम डिस्पोजल टोलीले अध्ययन जारी राखेको छ।
कपिलवस्तु — यशोधरा गाउँपालिका वडा नं १, रंगपुरतिर जाने जमुवार खोला पुल छेउमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ । पुलमाथि रातो कपडाले बेरिएको माटोको घैंटो जस्तो देखिने अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा सतर्कता अपनाएको छ। नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेर अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
