रुपन्देहीका पालिकामा मंगलबार शोक बिदा

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन मुसलमानको हृदयघातबाट मृत्यु भएकोमा जिल्ला समन्वय समितिले भोलि शोक बिदा गर्ने र पालिका कार्यालयमा रहेको नेपाली झन्डा आधा झुकाउन आदेश गरेको छ ।

भाद्र १६, २०८२

सन्जु पौडेल

Mourning holiday on Tuesday in the municipality of Rupandehi

तिलोत्तमा — रुपन्देही जिल्लाका स्थानिय तहमा मंगलबार शोक बिदा हुने भएको छ ।

भदौ १४ गते शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन मुसलमानको हृदयघातका कारण भएको आकस्मिक निधनको शोकमा जिल्ला समन्वय समितिले भोलि शोक बिदा गर्ने र पालिका कार्यालयमा रहेको नेपाली झन्डा आधा झुकाउन आदेश गरेको हो ।

समितिद्वारा जारी सूचनामा मंगलबार जिल्लाका सबै पालिकाको काम बन्द गरी दिवंगत मुसलमानप्रति श्रद्धाञ्जली अर्पण गर्न भनिएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully