सुस्तामा बेवारिसे शव फेला 

प्रहरीका अनुसार २५/२६ वर्षको जस्तो देखिने महिला मृत फेला परेको र आवश्यक अनुसन्धान भैरहेको छ ।

भाद्र १४, २०८२

नवीन पौडेल

An abandoned body was found in Susta

परासी — पश्चिम नवलपरासीको सुस्तामा एक महिलाको बेवारिसे शव फेला परेको छ । सुस्ता गाउँपालिका - २ स्थित भारतीय गण्डक नहर नजिकै झाडीमा शव फेला परेको हो ।

 प्रहरीका अनुसार २५/२६ वर्षको जस्तो देखिने महिला मृत फेला परेको र आवश्यक अनुसन्धान भैरहेको छ । 

शव कसको र के-कारणले मृत्यु भएको हो भन्ने सम्बन्धमा अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully