भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको २३ लाखभन्दा बढीको औषधि बरामद 

सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरको टोलीले जाँच गर्नेक्रममा २३ लाख ३ हजार ६४० रुपैयाँको बीनएन अल्को ड्रप्स नामक औषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले बताए ।

भाद्र १३, २०८२

रुपा गहतराज

Medicines worth more than 2.3 million illegally imported into Nepal from India were recovered

नेपालगन्ज — भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको २३ लाख रुपैयाँभन्दा बढीको औषधि सीमा नाका नजिकबाट नियन्त्रणमा लिइएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–१८, लगदहवाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी जयसपुरको टोलीले जाँच गर्नेक्रममा २३ लाख ३ हजार ६४० रुपैयाँको बीनएन अल्को ड्रप्स नामक औषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले बताए । 

बरामद गरिएका औषधि नेपाल भित्र्याउने क्रममा आवश्यक कागजात नभएको तथा भन्सार शुल्क नतिरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए  ।

बरामद औषधी आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully