बढैयाताल गाउँपालिकाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बर्दिया — लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिकाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको अवस्थामा बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका २३ वर्षीय सरोजकुमार थारु र २३ वर्षीय रुपेश थारुलाई बढैयाताल–७ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुले लुकाइछिपाई ल्याएको २ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बढैयाताल–८ सिमापुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका मधुवन नगरपालिका–९ का २५ वर्षीय आशिक तामाङलाई नियन्त्रणमा लिई जाँच गर्दा ३ सय ६० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
तीनै जनालाई बिहीबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान गरिरहेको डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
