कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

भाद्र १२, २०८२

रासस

Kaligandaki corridor blocked

गुल्मी — पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए।

सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् । बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन । 

रासस

Link copied successfully