बर्दियामा करेन्ट लागेर एकको मृत्यु

ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुरस्थित पोलमा चढेर नेट बनाउने क्रममा करेन्ट लागेर वडा नम्बर १ भुरिगाउँका ३६ वर्षीय भिमलाल थारुको बुधबार दिउँसो मृत्यु भएको हो ।

भाद्र ११, २०८२

रामप्रसाद चौहान 

One died due to electrocution in Bardia

बर्दिया — पोलमा चढेर नेट बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुरस्थित पोलमा चढेर नेट बनाउने क्रममा करेन्ट लागेर वडा नम्बर १ भुरिगाउँका ३६ वर्षीय भिमलाल थारुको बुधबार दिउँसो मृत्यु भएको हो ।

थारु विद्युत् पोलमा चढी केवल नेट बनाउने क्रममा करेन्ट लागेर पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नगर अस्पताल भुरिगाउँ पुर्‍याइएको थियो । उपचारको क्रममा दिउँसो २ बजेर १० मिनेटमा घाइते थारुलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए । शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ । 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully