नुवाकोटको अस्तव्यस्त ‘डबली’ तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरिने 

३ करोड ८५ लाखमा बनेको नुवाकोटको डबली सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा निराश छन्, तानसेनको अवस्था पनि त्यस्तै छ।

भाद्र १०, २०८२

माधव अर्याल

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

What you should know

पाल्पा — नयाँ अवधारणा अनुसार पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७६ असारमा पाल्पाको तानसेन कैलाशनगर र तिनाउ नुवाकोटमा डबली (ओपन थिएटर) निर्माण सुरु गर्‍यो । तर समयमा निर्माण हुन सकेन ।

निर्माण सम्पन्न भएको तानसेन नगरपालिका–५, कैलाशनगर र तिनाउ गाउँपालिका–२, स्थित नुवाकोटमा सांस्कृतिक डबली वर्षौं अलपत्र बन्यो । गतवर्ष तानसेन कैलाशनगरको डबली तानसेन नगरपालिकालाई हस्तान्तरण भएको छ । दोभान नुवाकोटस्थित डबली अहिलेसम्म अलपत्र छ ।

ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलोका रुपमा चिनिएको नुवाकोटमा सांस्कृतिक डबली सञ्चालन गरेर पर्यटकहरूको आवागमन बढाउने लक्ष्य प्रदेश सरकारको थियो । त्यस अनुरूप ३ करोड ८५ लाख रुपैयाँमा डबली निर्माण भएको हो । तानसेनस्थित कैलाशनगरमा ६ करोड ८२ लाखमा निर्माण भएको डबली निर्माण भएको छ ।

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

तानसेनमा उद्घाटन र हस्तान्तरण भएको छ तर नियमित सञ्चालनमा आउन सकेको छैन । तिनाउको नुवाकोटस्थित डबली अहिलेसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन । तिनाउको दोभान नुवाकोटस्थित डबली निर्माण सम्पन्न भएको पाँच वर्षसम्म बेवारिसे बन्न पुगेको निवर्तमान वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।

‘डबली क्षेत्रमा घाँसैघाँस छ,’ उनले भने, ‘ढोका र गेट निकालेर राखिएको छ । सरसफाइ नहुँदा डबली कुरूप देखिएको छ ।’ निर्माण भएका भौतिक संरचनासमेत जीर्ण बन्दै गएको उनले बताए ।

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटमा प्रदेश सरकारको लगानीमा निर्माण गरिएको नुवाकोट सांस्कृतिक डबली तिनाउ गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय बैठकले गरेको छ । 

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलोका रुपमा चिनिएको नुवाकोटमा सांस्कृतिक डबली सञ्चालन गरेर पर्यटकहरूको आवागमन बढाउने लक्ष्य रहे पनि ५ वर्षदेखि अलपत्र भएको स्थानीय बासिन्दा यमकुमारी पेमी मगरले बताइन् । उनका अनुसार स्थानीय बासिन्दाले लोसेपोसेका रुपमा ६० वर्षदेखि खेती गरेर खाएको जग्गा डबली बनाउन दिएका हुन् । 

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

‘यस्तो अवस्था आउला भन्ने सोचेका थिएनौं,’ उनले भनिन्, ‘नुवाकोट क्षेत्रमा जग्गा बिक्री गर्न विभिन्न योजना ल्याउने, प्रलोभनमा पार्ने गरियो । तर अहिले केही विकास हुन सकेन ।’ प्रदेश सरकारले तानसेन र तिनाउमा डबली सञ्चालन गर्न सकेन । 

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

स्थानीय तहलाई प्रदेश सरकारले नुवाकोटको डबली हस्तान्तरण गरेन भने तानसेनको हस्तान्तरण गरेर पनि कुनै उपलब्धि भएको छैन । ‘तानसेनको के छ थाहा भएन तर नुवाकोटको त हरिविजोग छ,’ नुवाकोटकी मीनाकुमारी पेमी मगरले भनिन, ‘सांस्कृतिक कार्यक्रम होला, पर्यटक आउलान् यहाँका स्थानीय उत्पादन बिक्री होला भन्ने थियो ।’ उनका अनुसार यसरी अलपत्र परेको देख्ना चित्त दुखेको बताइन् । 

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

लथालिङ्ग, भताभुङग अवस्था, सरसफाइको कमजोर अवस्थाका कारण डबली कुरूप देखिएको छ । निर्माण भएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन् । 

डबली सञ्चालनमा आउँदा पाल्पाको दोभान नुवाकोटमा पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ । बुटवलबाट नुवाकोटसम्म केबलकार सञ्चालनमा आएको छ । 

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

पर्यटकहरूको संख्या नुवाकोटमा बढिरहेको छ । त्यहाँ निजी क्षेत्रबाट लगानी भइरहेको छ । स्थानीय होटल व्यवसायी रमेश न्यौपाने विकास हुन्छ भनेर २ करोड बढी लगानी गरेर होटल सञ्चालन गरे पनि अहिले पछुतो लागेको बताएका छन् ।

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

‘धेरै विकास होला भनेर नुवाकोटमा लगानी गर्न आइयो,’ उनले भने, ‘अहिले यहाँको अवस्था देख्दा किन आएछु भन्ने भएको छ ।’

नुवाकोटमा डबली सञ्चालनमा आयो भने नुवाकोटमा आउने पर्यटकहरूका लागि रमणीय थलो बन्ने विश्वास होटल व्यवसायी कृष्ण कुमाललाई पनि थियो । तर उनले यो डबलीको अवस्था देख्दा भने मनै दुःखेर आएको बताए ।

Nuwakot's unsettled 'Dabli' will be handed over to Tinau Rural Municipality

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully