कपिलवस्तु नगरपालिका–३ को रामघाट नदीमा भैंसी चराएर फर्किरहेका बेला डेरवाका १४ वर्षीय बालक बेपत्ता भएका हुन् ।
कपिलवस्तु — तौलिहवा–गोरुसिंगे सडक अन्तर्गत कपिलवस्तु नगरपालिका–३ को रामघाट नदीमा बालक बेपत्ता भएका छन् ।भैंसी चराएर फर्किरहेका बेला सोमबार साँझ कपिलवस्तु नगरपालिका–३, डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएको प्रहरीले जनाएको छ ।
साँझ ५ बजेर १० मिनेटमा बालक बेपत्ता भएको सूचना पाउनासाथ नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ११ जनाले खोजतलास गरिरहेको जिल्ला प्रहरी प्रवक्ता एवम् डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । नदीमा उद्धार गर्ने सीप भएका सशस्त्र प्रहरी परिचालन भएका छन् ।
