कालीगण्डकीमा बेवारिसे शव फेला 

नदी किनारमा घोप्टो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव पहिचान गर्न सकिने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

भाद्र ८, २०८२

माधव अर्याल

An abandoned body was found in Kaligandaki

पाल्पा — तानसेन नगरपालिका–१४, कमलपोखरी नजिकै कालिगण्डकी नदी किनारमा सडेगलेको अवस्थामा शव फेला परेको छ ।

नदी किनारमा घोप्टो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव पहिचान गर्न सकिने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए ।

जानकारी पाउनासाथ प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक र प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully