काठमाडौंकेन्द्रित आन्दोलन गर्दै उखु किसान

यसअघि जिल्लामा प्रदर्शन, चिनी मिल अगाडि धर्ना, कृषिमन्त्री र राजनीतिक दलका नेतृत्वसँग छलफल गरेका किसानले माग पूरा नभएको भन्दै भोलिबाट राजधानी केन्द्रित आन्दोलन गर्न लागेका हुन् ।

भाद्र ७, २०८२

नवीन पौडेल

Sugarcane farmers protesting in Kathmandu

परासी — सरकारले बजेटमा उखु किसानका लागि अनुदान रकम कटौती गरेको भन्दै आइतबारदेखि किसानले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएका छन् । आन्दोलनका लागि पश्चिम नवलपरासीलगायत उखु खेती गरिने जिल्लाका किसान काठमाडौंतर्फ लागेका छ्न् । 

पश्चिम नवलपरासीबाट आन्दोलनका लागि किसान काठमाडौंतर्फ लागेको उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले बताए । 

यसअघि जिल्लामा प्रदर्शन, चिनी मिल अगाडि धर्ना, कृषिमन्त्री र राजनीतिक दलका नेतृत्वसँग छलफल गरेका किसानले माग पूरा नभएको भन्दै भोलिबाट राजधानी केन्द्रित आन्दोलन गर्न लागेका हुन् । 

बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ । उद्योगीले पाँच सय ८५ रुपैयाँ  प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकिएको थियो । किसानले यो वर्ष   उखु काटेर उद्योगलाई बिक्री गरेर अनुदानको पर्खाइमा रहेको समयमा सरकारले भने अनुदान रकम कटौती गरेपछि किसान आन्दोलित भएका हुन् । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully