दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–११, सुकौराका ६ बर्षीय रमेश चौधरीको शुक्रबार बेलुका घर नजिकैको डुरे खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

भाद्र ७, २०८२

दुर्गालाल केसी

A child died after drowning in a river in Dang

दाङ — खोलामा डुबेर तुलसीपुरमा एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११, सुकौराका ६ बर्षीय रमेश चौधरीको शुक्रबार बेलुका घर नजिकैको डुरे खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

खोलामा डुबेर घाइते भएका चौधरीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully