बर्दियामा सर्पको डसाइबाट एकको मृत्यु

गेरुवा गाउँपालिका–५ बिन्द्राकी १६ वर्षीया मिना परियारको सर्पको डसाइबाट शुक्रबार बिहान मृत्यु भएको हो।

भाद्र ६, २०८२

रामप्रसाद चौहान 

One dies of snakebite in Bardia

बर्दिया — सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–५ बिन्द्राकी १६ वर्षीया मिना परियारको सर्पको डसाइबाट शुक्रबार बिहान मृत्यु भएको हो। अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भइसकेको बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले बताए।

राति सुतेको बेला सर्पले डसेको गेरुवा गाउँपालिका–५ का वडा अध्यक्ष धर्मप्रकाश थारुले बताए। उनले भने, ‘राति सर्पले कहिले डसेको थाहा भएन, शुक्रबार बिहान साढे तीन बजे थाहा पाएपछि उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएको थियो। बिहान खोज्दा युवती सुतेको खाटमा करेत सर्प फेला परेको हो।’

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully