बुधबारदेखि सम्पर्कविहीन कुमाल छल्दी खाेलामा मृत फेला 

स्थानीयले स्थानीय माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भाद्र ६, २०८२

सन्तोष महतारा

Kumal, who has not been in touch since Wednesday, was found dead in Chaldi Khaela

गुल्मी — गुल्मीको छल्दी खाेलामा एक पुरुष मृत फेला परेका छन् । इस्मा गाउँपालिका-१ का ५३ वर्षीय मानबहादुर कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान छल्दी खेलामा उनको शव फेला परेकाे थियो । मृतक कुमाल बुधबार रातिदेखि परिवारको सम्पर्कमा थिएनन् । 

इस्मा गाउँपालिका-२ स्थित छल्दी खोला किनारमा स्थानीयले स्थानीय माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टाेली खटिएको छ । शव पाेष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदै छ । 

सन्तोष

Link copied successfully