बढैयातालमा ब्राउन सुगरसहित युवक पक्राउ

युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियाबाट शुक्रबार ५ दिनको म्याद थप गरिएको छ ।

भाद्र ६, २०८२

कमल पन्थी

A young man was arrested with brown sugar

बर्दिया — प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोस्टबाट ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

भारतबाट पैदल आइरहेको मधुवन नगरपालिका–७ विजयकालिका टोलका ३८ वर्षीय महेन्द्र सुवेदीलाई शंका लागि जाँच गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवम् डिएसपी चक्र डमरपालले पक्राउ परेका सुवेदीबाट ४ ग्राम २ सय मिलीग्राम ब्राउन सुगरजस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला पारेको जानकारी दिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियाबाट शुक्रबार ५ दिनको म्याद थप गरिएको उनले जनाए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully