आइतबार होटलमा बास बसेका बराल मृत भेटिएको भनी होटल सञ्चालकले सोमबार राति प्रहरीलाई खबर गरेका थिए ।
दाङ — राप्ति गाउँपालिका–१, भालुवाङ पुल्चोकस्थित न्यू थापा होटलमा एक पुरूष मृत भेटिएका छन् ।
महाकाली नगरपालिका–१, दार्चुलाका ५२ वर्षीय जयधनसिंह बराल सोमबार राति मृत भेटिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।
आइतबार होटलमा बास बसेका बराल मृत भेटिएको भनी होटल सञ्चालकले सोमबार राति प्रहरीलाई खबर गरेका थिए ।
बरालको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ऐरीले बताए ।