जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च १८११ नम्बरको कारबाट सोमबार प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलिले कारसहित २ बोरा गाँजा बरामद गरेको हो ।
उदयपुर — उदयपुरको बेलका नगरपालिका–२ बाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित लागुऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च १८११ नम्बरको कारबाट सोमबार प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलिले कारसहित २ बोरा गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार कार नजिकै खोला किनारमा थप ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलो गाँजा भेटिएको र प्रहरी टोलिले गाँजा बरामद गरेको छ । कारका मालिक र गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरी जनाएको छ ।