प्रहरीले कार्यालयमा छापा मारी ५ जनालाई पक्राउ गरेर ठगीसम्बन्धी मुद्दा दायर गरेर म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट नेटवर्किङ बिजनेसका नाममा ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका-८ स्थित युनिभर्सल इन्टरपेनर्स प्रालि नाम गरेको संस्थाका ५ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
१८ देखि ४० वर्ष उमेर समूहका युवायुवतीलाई ब्यापार राम्रो गरेमा क्यानडा तथा युरोपका मुलुकमा घुमाउन लगिने, आम्दानी राम्रो हुने भन्दै सर्वसाधारणलाई ठगेको भन्दै प्रहरीले कार्यालयमा छापा मारी ५ जनालाई पक्राउ गरेर ठगीसम्बन्धी मुद्दा दायर गरेर म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए । उनीहरूले फुड सप्लिमेन्ट र कस्मेटिकसम्बन्धी सामान बिक्री गर्ने भनेर सर्वसाधारणलाई ठगेको प्रहरीको आरोप छ ।
रकम लिने र फिर्ता नदिएपछि पीडितको उजुरीको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
