सुस्तामा करेन्ट लागेर मजदुरको मृत्यु

चिनी उद्योगमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनको हो ।

भाद्र २, २०८२

नवीन पौडेल

Worker died due to electrocution while working

परासी — पश्चिम नवलपरासीको सुस्तामा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

जिल्लाको  सुस्ता गाउँपालिका–२, कुडियामा रहेको बागमती खाड्सारी चिनी उद्योगमा वेल्डिङ गर्ने क्रममा  करेन्ट लागेको हो । करेन्ट लागेर करिब २० फिट तल खसेका स्थानीय  ३५ वर्षीय विजय हजामको उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

शवलाई पोस्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully