दाउन्ने छिचोल्न ३ घन्टाभन्दा बढी समय, सवारीको लाम

दाउन्ने सडक खण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै सवारी फस्ने र मालवहाक सवारी उक्लन नसकेपछि सवारीको लामो जाम लागेको हो ।

भाद्र २, २०८२

नवीन पौडेल

More than 3 hours to get down, queue of vehicles

परासी — पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक चिप्लो र सवारी बिग्रिएपछि यातायात सञ्चालनमा असहज भएको छ ।

सोमबार बिहानदेखि सडक अवरुद्ध हुँदा यात्रु घन्टौँ जाममा बस्नु परेको छ । गर्मीको मौसममा घन्टौँसम्म सडक जाम हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । 

दाउन्ने सडक खण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै सवारी फस्ने र मालवहाक सवारी उक्लन नसकेपछि सवारीको लामो जाम लागेको छ । दाउन्ने खण्डको १४ किमि पार पर्न यात्रुवहाक सवारीलाई ३ घन्टाभन्दा बढी समय लागेको यात्रु सावित्री भण्डारीले बताइन् । 

बुटवल–नारायणगढ सडक विस्तारको क्रममा दाउन्नेमा अहिले पखार्ल लगाउने, सडक ढलान गर्ने काम भइरहेको छ । उकालो र ओरालो सडकमा सडक विस्तारको क्रममा सडक भत्काएपछि सामान्य वर्षामा पनि चिप्लो भएर सवारी उक्लन नसक्ने अवस्था छ । एउटा सवारी बिग्रियो भने पनि घन्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता छ । 

घाम लागेकाले अहिले हिलो सुक्दै गएको र बिग्रिएको सवारी हटाइएकोले सवारी सहज हुँदै गएको प्रहरीले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully