भगवती जात्राका अवसरमा भदौ १ गते पाल्पाभर बिदा

लुम्बिनी प्रदेश सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८१ चैत १४ गतेको निर्णयाअनुसार बिदा दिएको जनाएको छ ।

श्रावण ३०, २०८२

माधव अर्याल

On the occasion of Bhagwati Jatra, 1st of August is a holiday in Palpa

पाल्पा — लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा भदौ १ गते पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८१ चैत १४ गतेको निर्णयाअनुसार बिदा दिएको जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा पाल्पा जिल्लामा भदौ १ गते भगवती जात्राका अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख गरेको हो ।

तानसेन नगरपालिकाले आफ्ना सबै जनप्रतिनिधि र कर्मचारीलाई पोसाक र परिचयपत्रसहित जात्रामा सहभागी हुन निर्देशन जारी गरेको छ ।  

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully