माेटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

दुर्घटनामा परी २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रावण २६, २०८२

सन्जु पौडेल

One person died after the motorcycle overturned

तिलोत्तमा — रुपन्देहीमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका-५ मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा नवलपरासी घर भइ  हाल तिलोत्तमा १४ बस्दै आएका २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला  प्रहरी कार्यालयका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल  बिहान पौने ४ बजे मणिग्राममा आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

त्यसक्रममा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पताल पुर्‍याइएकोमा तत्कालै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully