विद्यालयलाई बस हस्तान्तरण

ग्रामीण विद्यालयमा ४० सिटको बस हस्तान्तरण, ६ महिना इन्धन र चालकको खर्चसमेत सहयोग।

श्रावण २४, २०८२

मनोज पौडेल

Handing over the bus to the school

कपिलवस्तु — बालिकालाई शिक्षामा पहुँच पुर्‍याउन विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लिडो नेपालले मायादेवी गाउँपालिका–१, पकडीमा संचालित मदरसा अल मर्कजुल इस्लामी विद्यालयलाई स्कुल बस प्रदान गरेको हो ।

बसको साँचो गाउँपालिका अध्यक्ष बलिउद्दिन मुसलमानले विद्यालयका अध्यक्ष अब्लुल कयुमलाई हस्तान्तरण गरे । ५३ लाख २० हजार रुपैयाँमा खरिद गरिएको बस ४० सिटको छ ।

ग्रामीण क्षेत्रका बालिकालाई विद्यालयसम्म सहज आवागमन गर्न सहज होस् भनेर बस प्रदान गरिएको लिडो नेपालका अध्यक्ष अतहर कमालले बताए ।

विद्यालयलाई ६ महिनासम्म चालकको पारिश्रमिक र बसका लागि इन्धनसमेत सहयोग गरिएको छ । उक्त विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ ।

यहाँ झन्डै एक हजारको हाराहारीमा छात्रा अध्ययनरत छन् ।

मनोज पौडेल

Link copied successfully