गाईजात्राको अवसरमा नवलपुरका ५ स्थानीय तहमा बिदा

कावासोती, मध्यबिन्दु, देवचुली नगरपालिका, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकाले साउन २५ गते आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

श्रावण २३, २०८२

नवीन पौडेल

Holidays at 5 local levels of Nawalpur on the occasion of Gaijatra

नवलपुर — पूर्वी नवलपरासीको ५ वटा स्थानीय तहले नेवार समुदायको गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएका छन् । शनिबार विश्व आदिवासी जनजाति दिवस र आइतबार गाईजात्रा पर्व परेको छ ।

जिल्लाको कावासोती, मध्यबिन्दु, देवचुली नगरपालिका, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकाले साउन २५ गते आइतबार सार्वजनिक बिदा दिएका हुन् । गाईजात्रा पर्वको अवसरमा पालिकाभित्रका सबै सरकारी संघसंस्थाका, शैक्षिक संस्थामा बिदा गर्ने सूचना प्रकाशित गरेका छन् । 

जिल्लामा गाईजात्रा र विश्व आदिवासी जनजाति दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा लाखेनाच प्रतियोगिता, गाईजात्रा विशेष र जनजातिले आ-आफ्नो रीति संस्कृति झल्काउने कार्यक्रम राखेका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully