कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको गरगरेमा सडक अवरुद्ध

गुल्मीमा पहिरोका कारण सवारी साधनको आवातजावत ठप्प भएको छ जसले गर्दा स्थानीय र लामो दूरीका यात्रुहरू समस्यामा परेका छन्।

श्रावण १८, २०८२

सन्तोष महतारा

Under the Kaligandaki Corridor, the road was blocked at Gargare in Gulmi section

गुल्मी — कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको गरगरेमा सडक अवरुद्ध भएको छ । आइतबार दिउँसोदेखि परेको झरीका कारण पहिरो खस्दा कालीगण्डकी गाउँपालिका-१ गरगरेमा सडक अवरुद्ध भएको हो ।

सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरालगायतमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

गुल्मी हुँदै बुटवल–बुर्तिवाङ सडकको रुद्रवेणी–वामी खण्डको डहरे खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सन्तोष

Link copied successfully