सामाजिक विकास डिभिजन प्यूठानको गाडी बर्दियामा दुर्घटना

‘सरकारी गाडीमा सवार दुवै जनाले मापसे गरेको जस्तो देखिएको छ, दुवै जनालाई नियन्त्रणमा लिई इप्रका ढोढरीमा पठाएका छौं ।’

श्रावण १८, २०८२

रामप्रसाद चौहान 

Social Development Division Pyuthan vehicle accident in Bardiya

बर्दिया — सामाजिक विकास डिभिजन प्यूठानको गाडी बर्दियामा दुर्घटना भएको छ । मधुवन नगरपालिका–८ कुसुम्बा बजारमा आइतबार राति सवा ८ बजेतिर बि एए ०९३१ नम्बरको सरकारी गाडी नालामा खसेको हो । 

कुसुम्बा बजारस्थित टिसिएन बस्तीबाट ढोढरीतिर गइरहेको बेला चालकले घुमाउन नसकेर गाडी नालामा खसेको ईलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज खड्काले बताए । ‘गाडीमा मधुवन नगरपालिका–५ गाउँ नम्बर ८ का शिक्षक श्रीराम पौडेल र चालक प्यूठान नगरपालिका–७ का ३९ वर्षीय नारायण सुवेदी सवार थिए, मानविय क्षति भएको छैन,’ उनले भने, ‘सरकारी गाडीमा सवार दुवै जनाले मापसे गरेको जस्तो देखिएको छ, दुवै जनालाई नियन्त्रणमा लिई इप्रका ढोढरीमा पठाएका छौं ।’ 

गाडीको अगाडिको भाग र पछाडिको भागमा कुच्चिएको छ । गाडी के प्रयोजनका लागि बर्दिया आएको भन्ने खुलेको छैन ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully