सवारी दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

रुपन्देहीको मायादेवी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा ६० वर्षीय राममिलन धवलको मृत्यु र उनका छोरा विनोद गम्भीर घाइते भए।

श्रावण १८, २०८२

सन्जु पौडेल

Father dies in car accident, son injured

तिलोत्तमा — रुपन्देहीमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  सियारी गाउँपालिका–७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईमध्ये एक जनाको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश  सापकोटाले मोटरसाइकल अनियन्त्रित भएर  दुर्घटना भएको हुन सक्ने बताए । 

दुर्घटनामा मायादेवी  गाउँपालिका ७ का ६० वर्षीय राममिलन धवलको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तथा उनका छोरा ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully