तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा शनिबार मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेकी बाँसगढीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
दाङ — मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा शनिबार रा. ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेकी बाँसगढीकी ६५ वर्षीया गौमती रोकाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट सख्त घाइते रोकाको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा राति मृत्यु भएको हो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-७ का १६ वर्षीय लक्ष्मण भुसाल र मोटरसाइकल धनी लक्ष्मणकी आमा मिना भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
