बर्दघाटमा सय जनालाई जग्गाधनी लालपुर्जा वितरण 

चार जना सुकुम्बासी र ९६ जना अव्यवस्थित सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो

श्रावण १६, २०८२

नवीन पौडेल

Landlord distribution of Lalpurja to hundred people in Bardghat

परासी — भूमिसम्बन्धी समस्या समाधान आयोग पश्चिम नवलपरासीले बर्दघाट नगरपालिकामा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।  वडा नम्बर ५ मा रहेका अव्यवस्थित र सुकुम्बासी १ सय घरपरिवारलाई  पुर्जा वितरण गरेको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले धेरै वर्षदेखि जोतभोग गरेर पनि पुर्जा नपाउँदा पीडामा रहेका स्थानीयलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको बताए । जग्गाधनी प्रमाणपत्र आर्थिक विकासको आधार पनि भएको उनले दाबी गरे । एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले भूमिहीन समस्या समाधान गर्न आयोगले तदारुकताको साथ काम गरेको भन्दै अझै कामको रफ्तार बढाउन आग्रह गरे । ४ जना सुकुम्बासी र ९६ जना अव्यवस्थित सुकुम्बासी गरी एक सय जनालाई पुर्जा वितरण गरिएको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully