बर्दघाटमा यात्रुवाहक बस पल्टिँदा १ जनाको मृत्यु

बर्दघाट नगरपालिका–५ मा लु २ ख ६५७ नम्बरको बस पल्टिँदा एक पुरुषको मृत्यु भएको छ, पहिचान खुल्न बाँकी छ।

श्रावण १६, २०८२

नवीन पौडेल

1 person died when a passenger bus overturned in Bardghat

परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार मृतक पुरुष रहेको अहिलेसम्म पहिचान खुलेको छैन ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि रुपन्देही पठाइएको छ भने सामान्य घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully