कपिलवस्तुमा ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान थारुको डुबेर मृत्यु भएको हो ।
कपिलवस्तु — पौडी खेल्ने क्रममा बिहीबार साँझ पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका - १० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा गएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी प्रवत्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
