तुलसीपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

तुलसीपुरमा ट्याक्टर दुर्घटनामा परी सविन भण्डारी र मनोज रोका मगरको ज्यान गयो, तीन जना नियन्त्रणमा।

श्रावण १५, २०८२

दुर्गालाल केसी

Tractor accident in Tulsipur, two dead

काठमाडौँ — तुलसीपुरमा बिहीबार दिउँसो भएको एक ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ मोतीपुरको ओरालोमा तुलसीपुरबाट बिजौरी जाँदै गरेको रा१त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका करिब १४/१५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १६/१७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनीहरूलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully