रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

सभापति पौडेलको मलेसिया र थाइल्यान्ड हुँदै सिंगापुर पुगेपछि एक्कासी स्वास्थ्य समस्या देखिएको थियो ।

श्रावण १४, २०८२

रामप्रसाद चौहान 

RSVP Bardia Chairman Bipin Paudel passed away

बर्दिया — राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका जिल्ला सभापति विपिन पौडेलको निधन भएको छ । बाँसगढी नगरपालिका–४ का ४७ वर्षीय पौडेलको मंगलबार सिंगापुरमा निधन भएको हो ।

सभापति १५ दिनका लागि व्यक्तिगत भ्रमणमा सिंगापुर गएका थिए ।

सभापति पौडेलको हृदयघातको कारण निधन भएको खबर प्राप्त भएको रास्वपा जिल्लाका सचिव दिपक बीसीले बताए । ‘व्यक्तिगत भ्रमणको लागि साउन १ गते घरबाट निस्कनु भएको थियो,’ उनले भने,‘भारत पुगेर पानी जहाजबाट मलेसिया, थाइल्यान्ड हुँदै मंगलबार बिहान मात्र सिंगापुर पुग्नुभएको जानकारी छ ।’ 

होटेलमा आराम गरिरहेको बेला एक्कासी स्वास्थ्यमा समस्या देखिँदा नजिकको हस्पिटल पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले पौडेललाई मृत घोषणा गरेको सँगै गएका साथीबाट जानकारी प्राप्त भएको सचिव बीसीले जनाए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully