बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

श्रावण १४, २०८२

रामप्रसाद चौहान 

A man was arrested in Bardia on the charge of raping a girl

बर्दिया — बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिकाबाट एक जना युवकलाई पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिकाबाट २७ वर्षीय युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेका युवकले गत वैशाख ३० गते र असार ३२ गते बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका थिए । 

जाहेरी आएपछि युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए । 

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully