उच्च अदालत बार एकाइ तुलसीपुरमा  नयाँ नेतृत्व

श्रावण १२, २०८२

दुर्गालाल केसी

New leadership in High Court Bar Unit Tulsipur

दाङ — नेपाल बार एसोसिएसन उच्च अदालत बार एकाइ तुलसीपुरमा नयाँ नेतृत्व चयन भएको छ ।

सोमबार तुलसीपुरमा सम्पन्न पाँचौं अधिवेशनले मधुसूदन गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

एकाइ उपाध्यक्षमा ठाकुरप्रसाद वली, सचिवमा भुवनेश्वर शर्मा र कोषाध्यक्षमा सुष्मा केसी चयन भएको निर्वाचन अधिकृत तीर्थराज न्यौपानेले जानकारी दिए । सदस्यहरूमा हरिबहादुर शाह, प्रकाश रेग्मी, गजेन्द्र चौधरी, प्रवीण लम्साल, अरूणकुमार आचार्य, सुनिल धिताल र मोहनप्रसाद धिताल चयन भएका छन् ।

यसैगरी पार्षदमा पुष्करबहादुर भण्डारी र विजय पोख्रेल चयन भएको निर्वाचन अधिकृत न्यौपानेले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully