गर्मी बढेपछि सिद्धार्थनगरका विद्यालयमा ३ दिन बिदा

श्रावण ९, २०८२

सन्जु पौडेल

3 days holiday in Siddharthnagar school after summer

तिलोत्तमा — गर्मी बढेपछि रुपन्देहीको सिद्धार्थनगरमा गर्मी बिदा दिइएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा बिदा दिन निर्देशन दिएको हो । 

गर्मीका कारण  विद्यार्थी  बिरामी परेको गुनासो आइरहेपछि शिक्षा ऐन २०२८, शिक्षा  नियमावली २०५९ सहितमा व्यवस्था भए अनुसार वर्षे/ हिउँदे बिदाबाट  कट्टी  हुने गरी साउन ११ गते देखि १३ गतेसम्म बिदा दिन आग्रह गरिएको नगर प्राउख इस्तियाक अहमद खाँले बताए । चलिरहेको परीक्षा भने नरोकिने उनले बताए । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully