दाङ — तुलसीपुर उपमहानगरपालिका–११, कटाह त्रिवेणी टोलमा बिहीबार एक पुरुष मृत फेला परेका छन् ।
तुलसीपुर-११, नवलपुरका ६० वर्षीय देशु चौधरी मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
घरदेखि करिब ५०० मिटर पूर्वतर्फको भित्री बाटोमा चौधरीको शव फेला परेको र घटनाबारे अनुसन्धान भैरहेको उनले जानकारी दिए ।
