परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ मा रहेको कृषि फर्ममा आगलागी भएको छ ।
नारायणप्रसाद पाण्डेले सञ्चालन गरेको पाण्डे एकीकृत कृषि फर्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
फर्ममा रहेको गहुँको भुस, जस्तापाता, काठ, गाई-भैंसीलाई खुवाउन राखिएको दाना, गिजर, पानी ट्यांकी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विरदत्त पन्तले बताए ।
रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाको दमकल, स्थानीय र प्रहरीले करिब १ घण्टापछि आगलागी निभाएको थियो । सुनवल नगरपालिकामा दमकल नहुँदा छिमेकी पालिकाबाट दमकल ल्याउनुपर्ने बाध्यता छ ।
