तुलसीपुरमा युवक मृत फेला

श्रावण ५, २०८२

दुर्गालाल केसी

Young man found dead in Tulsipur

What you should know

दाङ — तुलसीपुरमा एक युवक मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका २१ वर्षीय किरण खत्री तुलसीपुर–१२ शितलपुरस्थित घाटमा रहेको मलामी विश्राम घरको प्रांगणमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार दिउँसो घरबाट निस्किएका खत्री आइतबार बेलुका मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बताए । मृत्युको कारणबारे केही नखुलेको र शव पोष्टमार्टम गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully