What you should know
दाङ — छोरी बलात्कारको आरोपमा घोराही उपमहानगरपालिका–५ का ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । श्रीमती नाबालक छोरासहित रोजगारीका लागि भारतमा रहेको बेला असार ३० गते राति उनले १८ वर्षीया छोरीलाई घरमै बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
श्रीमतीले शनिबार जाहेरी दिएपछि प्रहरीले तत्कालै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
श्रीमती नभएको र घरमा पीडित र उनकी बहिनी मात्रै भएको बेला बाबुले करणी गरेको भन्ने बेहोराको किटानी जाहेरी परेको उनले जानकारी दिए । आरोपितलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको शाहले बताए ।
