What you should know
बर्दिया — बारबर्दिया नगरपालिका–१०, मथुराचोकमा आइतबार बेलुकी चितुवाको आक्रमणमा परी दिनेश चौधरी घाइते भएका छन् ।
मथुराचोकस्थित फुटवल मैदानमा राँगा चराउन गएका बैदीका चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।
चितुवाको आक्रमणमा उनको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना लगत्तै स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको प्रहरीले जनाएको छ । उनलाई कतरनियास्थित प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरी नगर अस्पताल जयनगर लगिएको छ ।
