मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

श्रावण २, २०८२

दुर्गालाल केसी

One person died in a motorcycle accident

What you should know

दाङ — देउखुरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

शुक्रबार साँझ गढवा गाउँपालिकाको महदेवादेखि राप्ती गाउँपालिकाको सिसहनियाँतर्फ जाँदै गरेको रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पुनलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully