गुलरियामा ब्राउन सुगरसहित एकजना पक्राउ

श्रावण २, २०८२

कमल पन्थी

One arrested with brown sugar in Gularia

What you should know

बर्दिया — प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई गुलरियाबाट पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ स्थित शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी चक्रडमर पालले पक्राउ पर्नेमा सोही पालिका–६ का ३२ वर्षीय नफिस अहम्मद मनिहार छन् । प्लास्टिकमा पोको पारिएको १ सय १० मिलिग्राम ब्राउन सुगर धुलो पदार्थ उनको साथमा फेला परेको हो ।

उनलाई शुक्रबार जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पालले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully