नहरमा बालकको शव फेला 

श्रावण १, २०८२

रामप्रसाद चौहान 

A child's body was found in the canal

बर्दिया — नहरमा एक बालकको शव फेला परेको छ । बारबर्दिया नगरपालिका-७ राजिटोलस्थित बबई सिंचाइ नहरको पुलमुनि जाली लगाइएको ठाउँमा बिहीबार बिहान ११ बजेतिर बालकको शब फेला परेको हो । 

बारबर्दिया-३ बनगाईका १४ वर्षीय यशकुमार थारुको शब नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डम्मरपारले जानकारी दिए । बालक बुधबार खेल्न भनी घरबाट निस्केका थिए । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी डम्मरपारले बताए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully