बारबर्दियामा वृद्ध मृत फेला

असार ३२, २०८२

कमल पन्थी

Elderly found dead in Barbardia

बर्दिया — बारबर्दिया नगरपालिका–१० कपास फारम कत्हवा टोल बस्ने एक वृद्धको शव फेला परेको छ । उनको शव कुन्दर जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ७३ वर्षीय तिन्काप्रसाद थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब एक सातादेखि उनी घरबाट सम्पर्कविहीन भएपनि तीन दिनअघि मात्रै घर परिवारले प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवम् डिएसपी चक्रडमर पालले शव पोस्टमार्टम भइसकेको जनाए ।

पोस्टमार्टम रिपोर्ट आएपछि वास्तविकता खुल्ने प्रहरीको भनाइ छ । उक्त घटना सदरमुकामदेखि करिब १५ किमि पूर्व–उत्तरमा भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully