प्यूठानमा घाँटी रेटी एक महिलाको हत्या

असार ३१, २०८२

शमशेरविक्रम जीसी

Killing of a woman by strangulation in Pyuthan

प्यूठान — प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्लाको सरूमारानी गाउँपालिका ३ गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको हो ।

ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय लिला बहादुर बरालले रूकमनीको घाँटी रेटी हत्या गरेका हुन् । हत्या गर्ने बराललाई प्रहरी चौकी बड्डाडा र ईलाका प्रहरी कार्यालय बिजबारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १० बजेर १० मिनेटमा स्थानीय डिला परियारको घरमा रूकमनीको हत्या भएको स्थानीय दलित वडा सदस्य आशा बिकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिए । 

हत्यामा संलग्न लिलाबहादुर बराल र रूकमनी बराल पूर्व श्रीमान्–श्रीमती हुन् ।

शमशेरविक्रम जीसी जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully