दाङमा मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

असार ३०, २०८२

दुर्गालाल केसी

Two teenagers died in a motorcycle accident in Dang

दाङ — घोराहीमा सोमबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैंसाहीमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घोराही–२, रामपुरबाट घोराही बजारतर्फ जाँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा अनियन्त्रित भई पल्टिँदा दुवै जनाको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully