गुल्मीमा एक जना मृत फेला 

असार ३०, २०८२

सन्तोष महतारा

One person was found dead in Gulmi

गुल्मी — एक पुरुष मृत फेला परेका छन् । धुर्कोट गाउँपालिका-१ का ६९ वर्षीय नरबहादुर भुसाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजेको समयमा धुर्कोट गाउँपालिका-२ पिपलधारको एक खोल्सामा उनी मृत फेला परेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा प्रहरी खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । 

सन्तोष

Link copied successfully